Ads 468x60

MyGuitaring.com

Thursday, December 8, 2011

एसीसी ट्वान्टी-२० मा नेपाल र अफगानिस्तानको सेमिफाइनल

साउदी अरेबियाले तुलनात्मकरुपमा राम्रो प्रदर्शन गरेपछि नेपाल नेट रनरेटका आधारमा युएईलाई पछि पार्दै एसीसी ट्वान्टी-२० प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ। सेमिफाइनलमा नेपालको भिडन्त अफगानिस्तानसँग भोलि शुक्रबार बिहान नौ बजे त्रिवि मैदान कीर्तिपुरमा हुनेछ।
प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेसँगै  नेपाल मार्चमा युएईमा हुने विश्‍वकप छनौट प्रतियोगितामा खेल्न पाउने भएको छ। साउदी अरबले ७१ रनभन्दा बढी रनले हारेको भए नेपालको सेमिफाइनल यात्रा यहीँ विराम लाग्थ्यो।   आज भएको खेलमा युएईले १ सय ६८ रनको योगफल तयार गरेको थियो। १ सय ६९ को लक्ष्य पाएको साउदीले एक ओभर बाँकी रहँदा नै १ सय रनभन्दा बढी जोडेपछि नेपालको सेमिफाइनल यात्रा सुनिश्चित भएको थियो। प्रतियोगितामा साउदीले १ सय १५ रन जोड्यो। 

आजको खेलसँगै हङकङ, नेपाल र युएई चार खेलमा विजय र एक हारसँगै समान छ अङ्क बाँडेको छ। तर नेट रन रेटका आधारमा हङकङ ‌+१.२२८ अङ्कका साथ पहिलो रह्यो भने नेपाल +१.०६१ अङ्कका साथ दोस्रो। युएई +०.८३२ अङ्कका साथ तेस्रो हुँदै सेमिफाइनल प्रवेशबाट वञ्चित रह्यो।

सेमिफाइनलमा प्रवेश गर्ने चार राष्ट्रहरु अफगानिस्तान, ओमान, हङकङ र नेपाल आगामी मार्चमा युएईमा हुने विश्‍वकप छनौट प्रतियोगितामा खेल्न पाउनेछ।

भोलि साँझ नै साफ च्याम्पियनसिप फुटबलको सेमिफाइनलमा नेपाल अफगानिस्तानसँग नै भिड्दैछ। 

No comments:

Post a Comment

free counters
Related Posts Plugin for WordPress, Blogger...