Ads 468x60

MyGuitaring.com

Thursday, December 8, 2011

उपाधि जिते प्रत्येक खेलाडीलाई २ बेडरुमको अपार्टमेन्ट

अखिल नेपाल फुटबल संघ (एन्फा)ले साफ च्याम्पियनसिपको उपाधि जिते नेपाली टोलीका २० खेलाडी र ३ प्रशिक्षकलाई दुई बेडरुमको अपार्टमेन्ट दिने घोषणा गरेको छ। उनीहरुलाई मेरो सिटीद्वारा निर्मित अपार्टमेन्ट दिने एन्फाले बिहीबार विज्ञप्तीमार्फत जनाएको छ।
यसअघि एन्फाले उपाधि जिते प्रत्येकलाई आजीवन मासिक १० हजार रुपैयाँ भत्ता दिने घोषणा गरेको थियो। अपार्टमन्टका लागि मेरो सिटीका प्रबन्ध निर्देशक श्रीप्रकाश बज्रचार्यसँग सहमति भइसकेको पनि विज्ञप्तीमा उल्लेख छ।
भारतको नयाँ दिल्लीमा जारी प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्दै सेमिफाइनल पुगेको नेपाली टोलीलाई थप उत्साह र मनोबल पुगोस् भनेर थप उपहारको घोषणा गरेको एन्फाले जनाएको छ।
'खेलाडी प्रोत्साहन गर्ने संघको अभियानलाई सरकार, खेलकुद मन्त्रालय, राष्ट्रिय खेलकूद परिषद्, विभिन्न संघसंस्था, प्रायोजकलगायत आम खेलप्रेमी महानुभावहरुको सहयोगबाट यस महत्वकांक्षी घोषणालाई पूरा गर्ने लक्ष्य छ' विज्ञप्तीमा भनिएको छ।

No comments:

Post a Comment

free counters
Related Posts Plugin for WordPress, Blogger...